Sunday, June 28News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-23

नेपालमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको हो ।

-*-

गृहमन्त्री रामबहादुर थापाले देश समृद्धिको बाधक लागुऔषध रहेकोे बताउनुभएको छ । पछिल्लो समयमा आएर सबैभन्दा धेरै युवा पुस्ता लागुऔषधको दलदलमा फसेकाले मुलुकको समृद्धिको बाधक लागुऔषध नै भएको उहाँले बताउनुभयो ।

-*-

समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही । पार्टी कार्यालयमा आज बसेको बैठकले सांसद र पार्टीबाट दवै पदबाट बर्खास्त गरेको हो ।

-*-

जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउनमा बाहिर हिड्दा अनिवार्य माक्सको प्रयोग र सामाजिक दुरी कायम नर्ग सवैलाई अनुरोध । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणको लागी सरकारले गरेको लकडाउनमा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको हो ।

-*-

त्रियुगा नगरपालिका–१२ सुनगाभा टोलका ७ वर्षीय नाबालकलाई कानुन व्यावसायी ईन्द्रबहादुर तामाङले टाउकोमा ढुङ्गा प्रहार गरी घाईते बताएको घटना प्रति मानव अधिकारकर्मी लगायतका संघसस्थाहरुको ध्यानआकर्षण भएको छ ।

-*-

नेपालमा केहि दिनदेखि सलको झुण्ड कम हुदै  । झण्डै ८० लाखको संख्यामा भारतबाट नेपाल प्रवेश गरेका  सलह  कम हुँदै गएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।

-*-

कोरोनाले विश्वविद्यालयको स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुले । विश्वविद्यालय अनुदान आयोगले निर्देशिका जारी गरेपछि विश्वविद्यालयललाई परीक्षाको लागि  नीतिगत निर्णय लिन बाटो खुलेको हो ।

-*-

सुनसरीको रामधुनीमा तालमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु । रामधुनी नगरपालिका–७ जुडि तालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको हो ।

-*-

सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित १ जना पक्राउ । प्रहरी चौकी सिसुवाधरमपुरबाट खटेको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

-*-

जनावरहरुबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी । वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका हुन् ।

-*-

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले स्विजरल्याण्डको ज्युरिच विमानस्थलसँग आशयपत्र मागे । लगानी बोर्ड नेपालको कार्यालयले सूचनामार्फत ज्युरिचको मनसायपत्र प्रस्ताव अर्थात ईओआई स्वीकृत भएकोले आशयपत्र अर्थात आरएफपी बुझाउन भनेको हो ।

-*-

अवदेखि एक जनाले आफ्नो नाममा २ वटा भन्दा बढी सिमकार्ड निकाल्न नपाउने । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो ।

-*-

वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ । चौदण्डिगढी नगरपालिका–३ का ५६ वर्षीय अजयसिंह राईलाई आईतबार साँझ पक्राउ गरेको हो ।

-*-

नेपालमा ९९ प्रतिशत कोरोना भाइरस (कोभिड–१९) का लक्षण विहीन ‘असिम्प्टोम्याटिक’ बिरामी । पुष्टि भएको ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छन् ।

-*-

ईन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भुकम्प । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा  भूकम्प गएको हो ।