
पूर्णपुष्टि, जेष्ठ २४ । नेकपा एमालेका नेता तथा पूर्व राज्यमन्त्री महेश चौधरीको मृत्यु भएको छ । हर्निया पीडित रहेका चौधरीको उपचारको क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिउँसो मृत्यु भएको हो ।
काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । २०४८ सालमा राष्ट्रिय सभा सदस्य रहेका चौधरी २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
