Sunday, June 14News That Matters

पेट्रोल खन्याउदा पम्पमा आगलागी

पूर्णपुष्टि, फागुन ११

सङ्खुवासभाको चैनपुरमा रहेको पम्पमा पेट्रोल खन्याउने क्रममा आगलागी भएको छ ।

चैनपुर नगरपालिका–७ जिरोप्वाइन्टमा रहेको पेट्रोल पम्पमा आज दिउँसो करिब १२ बजे पेट्रोल खन्याउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

पम्पमा आगलागी हुँदा आयल निगममा कार्यरत कर्मचारी चैनपुरका ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । आगलागीका कारण पम्प नजिकै रहेको एक औषधि पसल र होटलमा पनि क्षति भएको जनाएको छ ।

आगलागीका क्रममा सामान निकाल्ने क्रममा रेडियो अरुणको उपकरणमा क्षति पुगेको छ । रेडियोको ट्रान्समिटर, कम्प्युटरलगायतका उपकरणमा क्षति पुग्दा प्रसारण बन्द भएको जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।