Saturday, June 6News That Matters

पेरिस ओलम्पिक २०२४: चीनलाई पछि पार्दै अमेरिका पहिलो

पूर्णपुष्टि, साउन २८ ।  पेरिस ओलम्पिक २०२४ को समापनसँगै अमेरिकाले पदक तालिकामा शीर्ष स्थान हासिल गरेको छ। दुई हप्ताभन्दा बढी चलेको यस प्रतियोगितामा अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

अन्तिम दिनसम्म दुवै देशले ४०-४० स्वर्ण पदक जितेका थिए। तर अमेरिकाले महिला बास्केटबलमा आयोजक फ्रान्सलाई ६७-६६ को रोमाञ्चक अन्तरले हराउँदै स्वर्ण जितेपछि रजत पदकको संख्याका आधारमा शीर्ष स्थान सुरक्षित गर्‍यो।

अमेरिकाले कुल १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ कांस्य) जित्यो भने चीनले ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कांस्य) हात पार्‍यो। जापान २० स्वर्णसहित कुल ४५ पदक जितेर तेस्रो स्थानमा रह्यो। अष्ट्रेलिया १८ स्वर्णसहित ५३ पदक जोडेर चौथो भयो भने आयोजक फ्रान्स १६ स्वर्णसहित ६४ पदक जितेर पाँचौं स्थानमा रह्यो। यस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले कम्तीमा एक पदक जिते।