
पूर्णपुष्टि, भदौ १२
फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पेरिस र आसपासका क्षेत्रमा मास्कलाई अनिवार्य गरिएको हो ।
यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।
कोरोनाको संक्रमण फैलिदै गएकाले मास्कलाई अनिवार्य बनाएको जनाईएको छ । यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले पेरिसमा मास्कलाई अनिवार्य गर्ने बताएको थियो । कोरोनाको संक्रमण देशभर फैलिएको भन्दै तत्काल कडा कदम उठाउन नसके महामारी झन् तीव्र गतिमा फैलन सक्ने बताएको थियो ।
फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३० हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।
