
पूर्णपुष्टि, चैत १५
सामाजिक क्षेत्रमा कृयाशिल शान्ति समाज केन्द्र (पेसोक) उदयपुरले आईतबार आफुले गरेका गतिविधीको बार्षिक समिक्षा आयोजना गरेको छ । रङ्गहरुको पर्व फागु पुर्णिमा (होली)को अवसर पारेर संस्थाले शुभकामना आदानप्रदान सँगै बर्षभरी गरेका कृयाकलापको समिक्षा गरेको हो ।
संस्थाका महासचिब सन्तोष बस्नेतले बर्षभरी गरेका कृयाकलाप बारे जानकारी दिदै रौतामाई, ताप्लि गाउँपालिका र चौदण्डिगढी नगरपालिकामा पञ्जिकरण र राष्ट्रिय परिचयपत्रको डाटाइन्ट्री (विद्युतिकरण) कार्य अन्तिमचरणमा पुगेका जानकारी दिनुभयो । पञ्जिकरण अन्र्तगत रहेका सामाजिक सुरक्षा लगायतका कामहरुलाई विद्युतिय प्रणालीमा लगि व्यवस्थित गर्ने उदेश्यले डाटाइन्ट्रिको काम सूरु गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाले मासिकरुपमा कर्मचारीलाई प्रोत्साहन गर्न आयोजना गर्दै आएको आईक्यु प्रतिस्पर्धाका विजेतालाई पुरस्कृत गरेको थियो ।
प्रतिसपर्धामा पुरुषतर्फ पहिलो हुने रोजन पौड्ेल र महिलातर्फ पहिलो हुने बन्दना भुजेललाई प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार र संस्थाका अध्यक्ष सृजना दनुवारले सम्मान तथा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा सहभागि सबैले रङ्गको पर्व होलीको अवसरमा टिका लगाई शुभकामना आदानप्रदान गरे । कार्यक्रममा बोल्ने वक्ताहरुले पर्व संस्कृतिको संरक्षण गर्दै कोभिड–१९ लाई मध्यनजर गरी सकेसम्म सुरक्षित रहेर पर्व मनाउन आग्रह गर्नुभयो ।
