
उदयपुर, मंसिर १२ गते ।
उदयपुरमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–३ सातपत्रे निबासी गंगाबहादुर खत्रीको छोरा १९ वर्षीय मनोज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
गतराती करिब साढे ९ः०० बजे सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने स्थानीय १८ वर्षीय विश्व खड्कालाई ट्याक्टरबाट झारेर हातपात गर्दै कटुवा पेस्तोल देखाएको भन्ने सुचनाको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित खत्रिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा अर्का एक जना पनि संलग्न भएको खुलेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
