
मोरङ/भदौ ९ गते ।
मोरङको सुनबर्सिमा खोलाको पैनिमा डुबेर एक जनाको मृत्यु भएको छ । सुनबर्सि नगरपालिका – २ को कमिनि खोलाको पैनिमा डुबेर धनबहादुर सार्कीको मृत्यु भएको हो ।
हिजो साँझ पौने ५ बजे पथरीशनिश्चरे नगरपालिका – ६ निबासी ५१ वर्षीय सार्की डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
