Tuesday, July 7News That Matters

पोखरा विमान दुर्घटनाका शव आज काठमाडौँ पठाइँदै

पूर्णपुष्टि,पुष ३ । यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु हुने केहिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । पहिचान गर्न नसकिने अवस्थाका, काठमाडौँ सहित आसपासका, विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।

“हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ । बाँकि शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०–११ बजेतिर काठमाडौँ पठाइने केसीले जानकारी दिए ।