
पूर्णपुष्टि, १५ असार ।
पोखरामा आज मुख्यमन्त्रीहरुको भेला आयोजना हुने भएको छ । कोशी प्रदेश बाहेक ६ ओटा प्रदेशका मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् । कोशी प्रदेश अल्पमतमा परेका कारण आज मुख्यमन्त्री हिकमत कुमार कार्कीले विश्वासको मत लिँदैछ । जसका कारण ६ ओटा प्रदेशको मुख्यमन्त्री मात्रै भेला भएको हो ।
दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्।
भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विहिबार प्रदेश सभामा पेश गरेको विश्वको मत संवन्धी प्रस्तावमा आज मतविभाजन हुने भएकाले आउन नपाएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बाँकी ६ वटै प्रदेशका मुख्यमन्त्री र मुख्य सचिव पोखरा भेलामा उपस्थित हुने गण्डकी सरकारका प्रवक्ता एवं उर्जामन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।
