
सुनसरी/भदौ १ गते ।
सुनसरीको रामधुनिमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनि नगरपालिका – ६ निबासी करिब ५० वर्षीय सरिलाल राजधामीको डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
