
सुनसरी, जेठ ३० गते ।
सुनसरीमा एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । देवानगंज–७ रासी बस्ने जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मी कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा हिजो साझँ साढे ६ बजे अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचाको लागी लैजाने क्रममा नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
