Saturday, June 27News That Matters

पौडी खेल्दा बेपत्ता भएका ३ बालकको शव फेला

पूर्णपुष्टि, असोज ९ गते ।
खोलामा पौडी खेल्न गएका तीन जना बालकको शव हेटौंडाको कर्रा खोलामा भेटिएको छ । शुक्रबार साँझदेखि बेपत्ता भएका ती बालकहरुको खोजी गर्ने क्रममा तीनै जनाको शव खोलाको किनारमा भेटिएको हो ।
प्रहरीका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ ।
हेटौंडा उपमहानगरपालिक–५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए । उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।