Wednesday, May 20News That Matters

पौडी खेल्ने क्रममा डुवी बालकको मृत्यु

पूर्णपुष्टि, साउन ११
झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थितमा पौडी खेल्ने क्रममा एक बालकको डुवी मृत्यु भएको छ । हिजो दिउँसो बुद्धशान्ति–४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको हो ।

मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।