
तेह्रथुम, बैशाख ७ गते ।
तेह्रथुमको तेलिया खोलाको दहमा दुई जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । छथर गाउँपालिका–२ निबासी रेवन्त बिकको १० बर्षीय छोरा सरोज बिक र उनको भान्जी १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका हुन् ।
घरबाट शनिवार दिउँसो बालबालिका छथर गाउँपालिका–२ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटेको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिप्रका तेह्रथुमले जनाएको छ ।
