Saturday, August 15News That Matters

प्याजको मूल्य बढी लिएमा कार्वाही गर्ने चेतावनी

पूर्णपुष्टि, असार ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार एक सुचना जारी गर्दै व्यापारीले प्याजको मुल्य बढी लिएमा कारर्वाही गर्ने चेतावनी दिएको छ ।

विभागको सुचनामा भनिएको छ ‘सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ’।

बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको र बजारमा प्याजको अस्वाभाविक उतार–चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको विभागले जनाएको छ ।