Monday, April 20News That Matters

प्रजिअ लुईटेलकाे कार्यकाल विशेष २० काम

पूर्षपुष्टि/उदयपुर, कार्तिक १२ ।

उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आफ्नाे कार्यकालमा पालिकामा आठवटै पालिकाका सवै वडाबाट अनलाईन प्रणाली मार्फत नागरिकता सिफारिस लागू गर्नुभयाे । हालै सरुवा हुनुभएका प्रजिअ लुईटेलले नागरिकता प्राप्त गर्ने प्रत्येक नागरिकलाई नागरिक प्रतिवद्धता स्वघोणा लागू गर्नुका साथै नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम समेत अनिवार्य राख्नु लागू गर्नुभयाे ।
त्यसैगरी ईलाका प्रशासन कार्यालय कटारीमा प्रजिअको कार्यकक्ष स्थापना गरी महिनाको दुईदिन सोहि कार्यालयबाट सेवा प्रवाह गर्ने कामकाे थालनी भएकाे छ ।
प्रत्येक हप्ताको बिहिबारको दिन पेसी तोकी छिटो छरितो मुद्धाको सुनुवाई, क्युआर काेडसहितको बिधुतीय नागरिक वडापत्र लागू गरिएकाे छ ।
कार्यालयमा टोकन प्रणाली लागू गरी समन्वयात्मक सेवा प्रवाह गरेकोछ ।
विपद् पूर्व तयारी, प्रतिकार्य तथा उद्धारका कार्यको प्रभावकारी कार्यन्वयन गरी/गराई ठूलो विपद जोखिम न्युनिकरण गरिएकाे छ ।
त्यसैगरी गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकन सिपिएएस मा ७२ नं. को सूचीमा रहेको कार्यालयलाई तेस्रो र चौथो त्रैमासिक मुल्यांकनमा २९ नं मा र वार्षिक मूल्यांकनमा ६४ नं मा ल्याउन सफल भएकाे छ ।
चौदण्डीगढी न. पा. कि ८१ वर्ष कि कालमाया राईलाई ( सम्भवत सवै भन्दा बढी उमेरमा नागरिकता पाएको) नेपाली नागरिकता प्रदान गरी श्रावन महिनाबाट सामाजिक सुरक्षा भत्तामा आवद्ध गराईएकाे छ ।
उदयपुरगढी गाउँपालिका बस्ने स्नातक तह अध्ययन गर्दै गरेकी बाबु-आमा लगायत कोहि नातेदार नभएकी, नागरिकता नभएका कारण रोजगारीबाटसमेत बन्चित एक अनाथ किशोरीलाई संरक्षकको सनाखतमा नागरिकता प्रदान गरी अनागरिक हुनबाट रोकि नागरिक हक दिलाईएकाे छ ।
त्यसैगरी खोला तथा खानीजन्य प्राकृतिक श्रोतको दोहन रोकी कानुनी दायरामा ल्याएको र एक खोला, एक खानी बन्द गरी १७ वटा टिपर नियन्त्रणमा लिएको छ ।
सरकारी अनुदानको युरिया मलको अबैध बिक्रेतालाई मल जफत गरी कालोबजारीमा मुद्धा चलाईएकाे छ ।
नागरिकको सूचनाको हक कार्यन्वयन गर्न सवै सरकारी कार्यालयमा सूचना अधिकारी तोकी, सरकारी सिम र रिचार्ज उपलब्ध गराउन लगाएको र प्रत्येक ३ महिनामा सूचना अधिकारीको बैठक गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना समयमै उपलब्ध गराइएको छ ।
त्यसैगरी कार्यालय परीसरभित्र शुद्ध पिउने पानी, नागरिक बिश्राम स्थल (गोलघर), फूल बगैचा र जिल्लाको नक्सा स्तम्भ निर्माण गरिएको छ ।
मदन भण्डारी लोकमार्गको जोगिटोलदेखि अँधेरीसम्म हुने अधिक दुर्घटना न्युनिकरण गर्न रम्बल स्ट्रिप (पहेलो धर्का) हालिएको, मोड सुधारको काम सडक डिभिजन कार्यालयबाट हुने क्रममा रहेको छ।
बिगतदेखि अधुरा रहेका योजनाहरुमा सहजीकरण गरेका कारण ढिम्की मन्दिर छेउको र खैजनपुर- बिसनपुर झोलुङ्गे पुल निर्माण सम्पन्न भै संचालनमा आएको छ ।
गत बिगत बर्षको यस कार्यालयका नाउमा कायम रहेको कुल बेरुजु ८० लाख ७ हजार ५३४ मध्ये ६९ लाख १२ हजार ८३२ रुपैया (८६. ३३ %) आ. व. २०८१/८२ मा महालेखा परिक्षकबाट फर्छ्योट गराएको छ ।
जेन्जी यूवापुस्ताको आन्दोलनका क्रममा काठमाडौँमा मृत्यु भएका २ जना सहिदका श्रीमतीलाई नेपाल सरकारले १५ लाखका दरले दिएको राहत तत्काल वितरण गरिएको छ ।
जेन्जी यूवापुस्ताको आन्दोलनका क्रममा यस जिल्लामा क्षति भएको सरकारी, गैर सरकारी, संस्थागत र निजी सम्पत्तिको एकिकृत लगत तयार गरी नेपाल सरकार गृह मन्त्रालय र जाँचबुझ आयोगमा पठाएको छ ।