Monday, April 20News That Matters

मैनामा सम्पन्न तेस्रो वडाअध्यक्ष कपको उपाधी धनगढी लेजेन्ड्सलाई

पूर्णपुष्टि/उदयपुर/कार्तिक १३ गते ।
त्रियुगा नगरपालिका वडा नं १ मैनाहामा सम्पन्न तेस्रो वडा अध्यक्ष फुटवल प्रतियोगिताको उपाधी धनगढी लेजेन्ड्सले जितेको छ । मंगलबार मैना खेलमैदान भएको धनगढी र हावेली बलुवाहीबीचको प्रतिस्पर्धामा धनगढीले सुन्यको विरुद्ध ७ गोल गर्दै उपाधी जितेको हो । धनगढीको तर्फबाट सुसान राईले मात्रै ४ गोल गरे भने अमोस भट्टराईले ३ गरी जम्मा ७ गोल गरेको हो । खेल अबधीभर बलुवाहीको तर्फबाट कुनै पनि गोल हुन सकेन । बिजेता हुने धनगढीलाई १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ । भने उपविजेता बलुवाहीलाई नगद १० हजार र शिल्ड प्रदान गरिएको हो । आयोजक समस्त मैनाहा परिवारले प्रतियोगिताको आयोजना गरेका थिए ।