Sunday, August 23News That Matters

‘प्रणाम सगरमाथा’ कृतिका लागि भवानी खतिवडालाई शिवलोक साहित्य पुरस्कार

पूर्णपुष्टी सम्बाददाता/७ भदाै, २०८३ । उदयपुर

नियात्रा विधाअन्तर्गत प्रकाशित ‘प्रणाम सगरमाथा’ कृतिका लागि साहित्यकार भवानी खतिवडालाई शिवलोक साहित्य पुरस्कार २०८३ प्रदान गरिएको छ । उदयपुर साहित्य कला प्रतिष्ठानको ५ औ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिएकाे हाे । पुरस्कार तथा साहित्यिक कार्यक्रममा भाषा आयोगका सदस्य एवं साहित्यकार मातृका पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलास राईले गरेका थिए ।
कार्यक्रममा साहित्यकार विवश पोखरेल ,सारदा प्रसाद भट्टराई,कौशल चेम्जोङ,वीरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्य, नियात्रा लेखन तथा नेपाली साहित्यको विकासमा साहित्यकारहरूको योगदानबारे चर्चा गरिएको थियो ।
पुरस्कृत कृति ‘प्रणाम सगरमाथा’ नियात्रा विधामा आधारित कृति हो। पुरस्कारले नेपाली साहित्यमा नियात्रा लेखनलाई थप प्रोत्साहन पुग्ने सहभागीहरूले बताएका छन्।