Wednesday, April 22News That Matters

प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ

पूर्णपुष्टि, बैशाख १

मोरङ कानेपोखरी–७ बाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रंगेली–६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा–७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन ।

हिजो दिउसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।