Thursday, August 6News That Matters

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

पूर्णपुष्टि, माघ १७ गते । झापा र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनि नगरपालिका–३ का २७ बर्षीय करण कुमार चौधरी र ३२ बर्षीय सन्तोष बिश्वकर्मा रहेका छन् ।

हिजो दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ केराबारी स्थित संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्नेक्रममा चौधरीलाई प्रहरीले २.७९ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल स्थितबाट प्रहरीले बिश्वकर्मालाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री बिश्वकर्मालाई चेकजाँच गर्दा डाईजेपाम र फेनारगन २१ एम्पुल बरामद भएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।