
पूर्णपुष्टि, असार ४ । उदयपुरको बेलका नगरपालिकामा भएको प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनाखरी युवा क्लबले जितेको छ । आईतबार भएको फाईनल खेलमा आयोजक बेलका ४ सुनाखरी युवा क्लबले १–० गोलले बेलका ८ यलम्बर स्पोर्टिङ क्लबलाई हराउँदै उपाधि बिजेता बनेको हो ।
बिजेता सुनाखरीले नगद रु. २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् भने उपबिजेताले १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेताहरुलाई बेलका नगरपालिकाको मेयर तथा प्रमुख अतिथि अशोक कार्की, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई, सचिब दिपेन्द्र नेपका एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरका थिए । जेष्ठ २८ गतेदेखी सुरु भएको प्रतियोगितामा जम्मा ८ वटा टिमले सहभागिता जनाएको थियो ।
