Wednesday, April 22News That Matters

प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मृती फुटवल प्रतियोगिताको पुरस्कार राशी थपियो

पूर्णपुष्टि, १७ बैशाख ।
गाईघाट स्थित साकेला टोलमा आयोजना हुन लागेको प्रथम स्व. दिपक राई (दोर्पार्ली) स्मति फुटवल प्रतियोगिताको पुरस्कार राशी थप गरिएको छ । प्रतियोगितालाई अझै उचाईमा पुराउनका साथै खेलाडी, खेलप्रेमी र बिजयी टिमको मनोवल बढाउन पुरस्कार राशी बढाईएको आयोजक साकेला युवा समूहले जनाएको छ । स्वर्गिय दिपक राईकी श्रीमती गिता राईको पहलमा हुन लागेको प्रतियोगितामा पुरस्कार राशीलाई थप गर्ने निर्णय गरेको समुहका कार्यवाहक अध्यक्ष दिवस श्रेष्ठले जनाए । अब प्रतियोगिताको बिजयी टिमले रु २५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले रु १५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र पाउने छन् ।

प्रथम पुरस्कारमा र दोस्रो पुरस्कारमा रु ५ हजारको दरले बढाएईको श्रेष्ठले जनाए । बिजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार भनिएको ठाउँमा ५ हजारको दरले बढाएर २५ र १५ बनाईएको हो । प्रतियोगितालाई खेलप्रेमीहरुको आर्थिक सहयोग बढ्दै गएको भन्दै पुरस्कार राशी बढाईएको जनाईएको छ । हाल प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च गिता राईले नै गरिरहेकी छिन् । राईले भविष्य सम्मै सम्झन लायक प्रतियोगिताको लागि आफ्नै सबैखाले सहयोग रहने जनाईन् । प्रथम र दोस्रो राशी सहित अन्य विविध खर्चहरुमा सहयोग जुटाईरहेकी राईले अन्य क्षेत्रहरुबाट पनि सहयोगको अपेक्षा गरेकी छिन् । प्रतियोगितालाई महत्व दिँदै खेलप्रेमी, बुद्धिजिवी, समाजसेवी, खेलाडी, जनप्रतिनिधि, निर्माण व्यवसायी संघ लगायतले सहयोग गर्दै आएको छ । प्रतियोगिता यहि बैशाख २२ गतेदेखी २९ गते सम्म साकेला खेल मैदानमा हुने छ भने त्रियुगा नगरपालिका बाहिरको समते गरी १० टिमले सहभागी जनाउने छ । प्रतियोगिताको लागि भव्य तयारीमा जुटिरेहको छ ।