
पूर्णपुष्टि, भदौ ९
प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले पछिल्लो समय संघियता प्र्रति वितृष्णा फैलदै जादा प्रदेश खारेज गर्नुपर्ने माग बढ्दै गएको प्रति असन्तुष्टी जनाएका छन् । उनले प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको समेत दावि गरेका छन् ।
उदयपुरको देउरीमा आज पुल उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश संरचना आवश्यक रहेको बताएका छन् । उनले भने प्रदेशका मन्त्रीले गाडी चढे होलान, तलब भत्ता खाए होलान तर प्रदेश आवश्यक छैन भन्नु चै गलत छ । “उनले थपे’ प्रदेश सरकार थिएन भने यी विकासका काम हुने थिएनन् । सथै उनले प्रदेशले संघ र स्थानिय तहका सरकारसँग समन्वय गरी विकासमा लागिरहेको बताए ।
