Tuesday, June 2News That Matters

प्रदेश नं २ को नाम मधेश राखियो

पूर्णपुष्टि, माघ ३
नेपाल संघिय संरचना पश्चात बिभिन्न ७ प्रदेश सहित भुगोललाई समेटियो । ७ प्रदेश मध्ये धेरैजसो प्रदेशहरुले प्रदेशको नामाकरण गरिरहँदा केहि प्रदेशले भने संघिय संरचनाको झण्डै पहिलो कार्याकाल वितिसक्नु लाग्दा पनि नाम राख्न सकिरहेको अवस्था थिएन् ।

भुगोल, पहिचानको आधारमा नामाकरण गर्न बिभिन्न समस्याकै कारण नाम राख्न नसकेको प्रदेश नं २ ले सोमवार मात्रै प्रदेशको नाम जुराएको छ । २ नं प्रदेशले मधेश प्रदेश नामाकरण गरेको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
यो दुई तिहाईभन्दा बढी हो ।