Wednesday, April 22News That Matters

प्रदेश मन्त्री र उप सभामुखद्धारा बरुवाले कटान गरेको स्थानमा निरिक्षण

पूर्णपुष्टि, २५ असार ।
प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की र उपसभामुख सिर्जना दनुवारले बरुवा खोलाले कटान गरेको स्थानमा निरिक्षण गरेको छ । सोमावार रातिदेखी परेको बर्षाका कारण ढिम्की स्थित बरुवा खोलाले कटान गरेका थिए । खोला कटान सँगै त्यस आसपासको बस्ती र स्थानीयहरुलाई जोखिम बढेको थियो । खोलाले बाँधमा क्षेती पुराएर बस्ती क्षेत्रमा कटान गर्दै आएका थिए । खोलाको जोखिम बढेपछि स्थानीयहरु त्रसित छन् । नेपाल प्रहरी, आर्मी र शसस्त्र प्रहरीले केहि रोकथाम गर्ने प्रयास गरेपनि दिगो सुरक्षा भने छैन । निरन्तर बर्षा आएर बाढी बढ्यो भने फेरी जोखिम सिर्जना हुने अवस्था छ । कटान निरिक्षण पश्चात मन्त्री राउतले जनताहरुको सुरक्षामा लागि पर्ने जनाए । बाँधलाई व्यवस्थापन र जनताको सुरक्षामा भुमिका प्रदेश सरकारले निभाउने उनले जनाए । बाढी प्रभावित क्षेत्रका जनताहरुलाई सुरक्षित हुने अनुरोध गर्दै सबै तह यस बिपद् समाधानमा सामेल हुन आह्वान गरे ।