Thursday, June 18News That Matters

प्रदेश स्तरीय मुख्यमत्री नाँकआउट प्रतियोगितामा उदयपुरको सहभागिता

पूर्णपुष्टि,असार ३ । ओखलढुङ्गको सिद्धि चरण नगरपालिकामा भोली देखि सञ्चालन हुँने प्रदेश स्तरिय मुख्यमन्त्री नाँकआउट प्रतियोगितामा सहभागिताको लागि जिल्ला फुटबल संघ उदयपुरका टिम तयार गरीको पढाईएको छ । आईतवार त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले थरुहट संगशालामा प्रतियोगिताको लागि १५ जना खेलाडि तयार गरी विदाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतित्थ्यमा खेलाडिहरुलाई बधाई तथा शुभकामना प्रदोन कार्यक्रम गरिएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव किरण कार्कीले बताए । उनका अनुसार भोली सोमबार देखि सञ्चालन हुने प्रतियोगिता आउँने शनिवार ९ गते सम्पन्न हुने बताए ।

छनेट गरीएको खेलाडिहरु क्रमस सुनिल खड्का, टिप्सन राई, प्रविन श्रेष्ठ, नर्बु तामाङ, बिशाल कुमार चौधरी, रोशन श्रेष्ठ, अनिस राई, सारद राई, आबेश मगर, अनिश कट्वाल, दिवस श्रेष्ठ, बिकास बस्नेत, केबल तामाङ, आशिष थारु र निश्चल राई रहेका छन् ।

प्रतियोगितामा जान यातायातको लागि त्रियुगा नगरपाकिलाले आर्थिक सहयोग जुटाएको छ । उदयपुरका १५ खेलाडिहरु सँगै टिम कोच बिवेक राई र टिम म्यानेजर शेखर राई पनि जाने भएको हो । यस प्रतियोगितामा प्रदेश नं.१,का १४ वटै जिल्लाहरुको सहभागित रहने आयोजकले जनाएको छ । यस खेलमा विजेत टिमले नगद रु,२ लाख ट्रफि,मेटल प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले भने नगद रु, १ लाख मेटर प्रमाण पत्र प्राप्त गर्ने छ ।