Saturday, June 6News That Matters

प्रदेश स्तरीय शारिरक सुगठनमा उदयपुरका मनोज र निखिल प्रथम

पूर्णपुष्टि, असोज ७
प्रदेश स्तरीय शारिरीक सुगठन छनोट प्रतियोगितामा उदयपुरका दुई खेलाडी छनोटमा परेका छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ को लागि प्रदेश नम्बर १ स्तरीय छनौट प्रतियोगीता अन्तर्गत उदयपुरका मनोज कटुवाल र निखिल श्रेष्ठ प्रथम हुन सफल भएको हो । मनोज गाईघाट स्थित इनर्जी फिटनेस क्लबका संचालक समेत हुन् । प्रथम स्थानमा छनोट भए सँगै मनोज र निखिलले राष्ट्रिय प्रतियोगीताका लागि यात्रा तय गरेका छन् ।


झापा विर्तामोड स्थित अतिथि सदनमा बिहिबार सम्पन्न शारिरीक सुगठन प्रतियोगीता अन्तर्गत छनौट प्रतिस्पर्धामा ६५ केजी तौल समुहमा आफ्ना ४० प्रतिस्पर्धीलाई पछि पार्दै उदयपुरबाट सहभागीता जनाएका मनोज कटुवाल प्रथम भएका हुन् भने ७५ केजी तौलम समुह अन्तर्गत उदयपुरकै निखिल श्रेष्ठले पनि प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।