Wednesday, June 17News That Matters

प्रदेश १ : नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरे

पूर्णपुष्टि, फागुन १७ । नेकपा एकीकृत र जसपाले प्रदेश १ कोे नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्नुपर्ने प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रस्ताव दर्ता गरेका हुन् ।

सो प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् । नेकपा एमालेले प्रदेशको नाम कोशी प्रदेशका लागि प्रस्ताव दर्ता गराएको छ भने नेकपा माओवादी केन्द्रले एमालेको प्रस्तावमा सहमती जनाएको छ ।