
पूर्णपुष्टि, साउन २ गते ।
अझै पनि १ नम्बर प्रदेशको नाम टुङगो लाग्न सकेको छैन । प्रदेशका सभामुख प्रदीपकुमा भण्डारीले नामाकरणका लागि छलफल गर्न सर्वदलीय बैठब आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।
