
पूर्णपुष्टि, चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेपाली काग्रेसले विश्वासको मत दिने भएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।
पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । प्रधानमन्त्री (पचण्ड) नेत्तत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले यहि चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।
