Wednesday, June 17News That Matters

प्रभावकारी पठनपाठनका लागि गाईघाट माविका शिक्षकहरुलाई ल्याप्टप वितरण

पूर्णपुष्टि, भदौ २५
त्रियुगा मावि गाईघाटले शिक्षकहरुलाई ठुलो संख्यामा ल्याप्टप वितरण गरेको छ । शुक्रबार विद्यालय परिसरमै एक कार्यक्रमका बिच प्रवावकारी शिक्षालाई जोड दिने भन्दै करिब ४५ जना शिक्षकहरुलाई ल्याप्ट वितरण गरिएको विद्यालयका प्र.अ सुवास बिष्टले जानकारी दिए । बष्टका अनुसार विद्यालयमा गुस्तरीय शिक्षा लागु गर्ने भन्दै शिक्षकहरुलाई ल्याप्टप वितरण गरिएको जनाए । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेत सहितको टोलीले ल्याप्टप वितरण गरेको हो । शिक्षामा प्रविधलाई पनि थप गर्ने हो भने प्रभावकारी बन्दै जाने उदेश्यले पहिले शिक्षकहरुलाई प्रविधिमैत्रीमा जोड्ने पर्ने बिष्टले जनाए ।

ल्यापटप पाए पछि शिक्षकहरु समेत हर्षित भएका छन्, सूचना र प्रविधिको युग भएकाले शिक्षकहरुले नयाँ नयाँ बिषयहरु खोजी गर्दै बालबालिकालाई अध्यापन गराउन सहज हुने विद्यालयले विश्वास लिएको छ । ल्यापटप वितरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, नगर शिक्षा शाखा प्रमुख शिवकुमारी राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डे लगायतले विद्यालयको यस किसिमको कार्यले शिक्षकहरुलाई थप जिम्मेबार बन्नका लागि प्रेरित गर्ने जनाए ।