
पूर्णपुष्टि, भदौ २२
सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्नु पर्ने निर्देशन दिएको छ ।
आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।
निर्देशन अटेर गरेर तीन दिन भित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको जनाईएको छ ।

