Friday, May 1News That Matters

प्रशासन कार्यालय उदयपुरद्धारा पानी उद्योग र पाउरोटी उद्योगमा ब्यापक अनुगम, ३५ हजार जरिवाना

पूर्णपुष्टि, २३ जेष्ठ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले पानी उद्योग र पाउरोटी उद्योगमा अनुगमन गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको नेपाल स्प्रिङको पानी उद्योग, रौता पानी उद्योग र त्रियुगा नगरपालिका १३ मा रहेको उदयपुर पानी उद्योगमा अनुगमन गरिएको हो । यस्तै रुक्सना पाउरोटी उद्योग, डोको बेकरी क्याफे र पाथिभारा दुग्धडेरीमा पनि अनुगमन गरेको छ ।

अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चाल गरिएको उद्योगहरुमा जरिवाना समेत गरिएको छ । नेपाल स्प्रिङ पानी उद्योगलाई रु १० हजार, रौता पानी उद्योगलाई रु २० हजार र रुक्सना पाउरोटी उद्योगलाई ५ हजार गरी रु ३५ हजार जरिवाना गराईएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार अधिंकाश उद्योगहरुले आवश्यक मापदण्ड र सरसफाईमा ध्यान नदिएको जनाए । नेपाल स्प्रिङले प्याकेजिङ सेक्सन, फिलिङ सेक्सन, प्रोसेसिङ सेक्सनमा ध्यान नदिईएको भन्दै सुधार गर्नु पर्ने सुझाव दिईएको छ भने आर.ओ बाट निस्केको पाईप स्टेन लेस स्टिलको हुनु पर्ने र फिलिङ सेक्सन अगाडी युत्रि समेत राख्नु पर्ने भनिएको छ । यो मापदण्ड भित्र पर्ने वस्तुहरुको समेत जडान नगरिएको भन्दै जविरावना गरिएको र तत्काल सुधार गर्नु पर्ने जनाईको छ ।

यस्तै रौता पानीलाई पनि आवश्यक वस्तुहरुमा ध्यान दिन लगाईएको छ । यस्तैगरी पाउरोटी उद्योगहरुमा सरसफाई र लेवलिङ र डेटलाई सुधार गर्नु पर्ने देखिएको छ । रुक्सना पाउरोटी उद्योगमा सरसफाईको कमि पाईएको छ भने दर्ता नगरी संञ्चालन गरेको पाईएको छ । यस उद्योगले डेट र लेभल समेत ध्यान नगरी सामान बेचेको पाईएपछि ८५ प्याकेट बिस्कुट, ८ ओटा बटारी र ३४ ओटा पप बरामद गरिएको छ । यस्तै पाथीभारा डेरी बाट पनि डेट स्पायर भएको सामानहरु बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा, खाद्यन्न कार्यालय, कर कार्यालय, घरेलु उद्योग र जिल्ला प्रहरी कार्यालयको उपस्थितिमा अनुगम गरिएको हो ।