
पूर्णपुष्टि/उदयपुर, भदौ २५ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले निषेधाज्ञ र कफ्युको पूर्ण पालना गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
आज एक सुचना जारी गर्दै शान्ति ब्यवस्था कायम गर्न हाल जारी भएको निषेधाज्ञ र कफ्युको पूर्ण पालना सबैले गरिदिन अनुरोध गर्नुभएको हो ।
गएराती १० बजेबाट नेपाली सेना लगायत जिल्लाका सबै सुरक्षा निकायहरु आप्mनो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न खटि सकेको कुरा अवगत गराउदै उहाँले आज बेलुका ५ बजेसम्म देशभर निशेधाज्ञ रहेको र त्यसपछि भोली विहान ६ बजेसम्म कफ्यु आदेश जारी भएको उहाँले बताउनुभयो ।
एम्बुलेन्स, सब वाहन, दमकल, स्वास्थ्य र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने जनाइएको छ । आवतजावतका लागि अति जरुरी अवस्था परेमा नजिकको सुरक्षा निकायसंग समन्वय गर्नसकिने उहाँले बताउनुभयो ।
यसबेला प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, ब्यक्तिगत तथा सार्बजनिक सम्पत्तिमा क्षती पुर्याउने कार्य गरेमा कडा कारवाही हुने जनाउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्बसाधारणको सहजताका लागि जिल्लामा शान्ति सुरक्षामा समवेदनशिलता अपनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सर्बसाधारणको जनजिविका र दैनिक गतिविधिका लागि सुरक्षा समवेदनशिलता अपाइएको बताउनुभयो । हालसम्म उदयपुरमा कप्mयु जारी गर्न नपरेको र कप्mयु विनै शान्ति सुरक्षा ब्यवस्थित पार्न सबैको सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

