
पूर्णपुष्टि, असाेज १३ ।
६९ ओैं प्रहरी दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेल आज हुदैछ ।
प्रतियाेगिताकाे सबैचरणकाे खेल सकेर फाईनल आज हुने भएकाे हाे । मेन्स डबल्स ए र बी ग्रेड गरि दुई ईभेन्ट्समा प्रतियाेगिता सञ्चालन छ ।
बी ग्रेड ईभेन्ट्सतर्फ ६४ टिमलाई पछि पार्दै प्रहरीका प्रकाश बस्नेत र दिपक राईकाे जाेडी र नरबहादुर राई र रुपनारमयण धामीकाे जाेडि फाईनल प्रवेश गरेका छन् ।
१६ टिम प्रतिष्पर्धि रहेकाे ग्रेड खेलतर्फ क्वाटर र सेमीकाे खेल विहान सकेर फाईनल हुने जनाईएकाे छ ।
विजयी टिमहरुलाई प्रहरी दिवस समाराेहमा प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कारसहित पुरस्कृत गरिने जनाईएकाे छ ।
