पूर्णपुष्टि, पुष १६
दयपुरको ताप्लीमा प्रहरीले ठुलो मात्रामा गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय कटारी, र शसस्त्र प्रहरी वल उदयपुरको टोलीले ताप्ली गाउँपालिकाको बिभिन्न ठाउँमा करिब ३० हजार बोट गाँजा नष्ट गरेको हो । कटारीबाट रविन कार्कीको टोलीमा १९ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरिक्षक कमल कार्कीको टोलीमा १० जना र शसस्त्र प्रहरी वल उदयपुरको टोलीमा १५ जना गरी करिब ३९ जना प्रहरी फोर्समा २ दिन लगाएर गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ । पालिकाको १,२ र ५ गरी तिन ओटा वडामा खुख्य गरी गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । बर्षेनी लागुऔषाध गाँजा फडानी कार्यक्रम अन्तरर्गत यो बर्ष पनि फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक राकेश कुमार पोदारले जनाए ।
स्थानीय भन्छन, रोजीरोटी खोसियो
ताप्ली गाउँपालिकाका स्थानीयहरुले प्रहरी बाट गाँजा फडानी भएपछि दुख व्यक्त गरे । उनिहरुले पहाडी बिकटताका कारण अन्नवाली समेत उब्जनी नहँुदा खाद्यन्नमा अन्य कुनै विकल्प नरहेको जनाए । बर्षभरी काम गर्दा तिन महिना पनि खान नपुग्ने बारीमा गाँजा खेती गर्दा मनग्गै आम्दानी हुने स्थानीयहरुको भनाई छ । स्थानीयहरुका अनुसार कतिपयको जमिनै कम छ, कतिपयको भने जमिन धेरै भएपनि अन्न वालीमा बर्षभरी काम गर्नु पर्छ, यो ठुलो मेहनत गर्दा पनि खानलाई मात्रै पुग्छ पैसाको आम्दानी भने हुँदैन, तर गाँजा खेतीले खान र अन्य आम्दानीमा पनि मदत पुराउदा यसको खेती गर्नु पर्ने बाध्यता रहेको उनिहरु बताउँछन् । यसरी प्रहरीले बर्षेनी आम्दानीलाई फँडानी गर्दा आर्थिक आर्थिक समस्याले सताउने उनिहरुको भनाई छ । गाँजालाई दुरुपयोग नगरिकन आम्दानीको हिसावले उत्पादन र बजार बिक्रि गर्नु पाउनु पर्ने उनिहरुको भनाई छ । आम्दानीका लागि कम मेहन र कम बालीमा पनि थोरै उत्पादनले खान लाउन मजाले पुग्ने उनिहरुको भनाई छ । स्थानीयहरुले यसबार स्थानीय सरकार सँग पनि कुरा गर्ने जनाएको छ । उनिहरुले भने, गाँजा सरकारले लागुऔषाध बाट हटाउने भन्छ तर लागु गर्दैन् । यसले धेरै गरिब निमुखाहरुको बाच्ने आधारलाई सामाधन गर्छ उनिहरु भन्छन् । सरकारले यसलाई तत्काल खुलाओस हाम्रो यहि माग छ । ताप्लीका स्थानीयहरुले पालिकाभरी करिब ३ करोड बरावरको गाँज यो बर्ष प्रहरीले नष्ट गरेको जनाएको छ ।


