Friday, May 15News That Matters

प्रहरीद्धारा घरेलु मदिरा नष्ट

कटारी, पुस २१ गते ।

अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ । कटारी नगरपालिका भित्रका विभिन्न गाउँ बस्तिबाट एक हजार २ सय लिटर मदिरा र करिब १५ केजी कच्चा पदार्थ नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका प्रहरी टोली र सशस्त्र प्रहरी बल बेस क्याम्प कटारीबाट खटेका संयुक्त प्रहरी टोलीले नगरका बेलसोत, गराँस, खोक्सा, हडैया, कटारी बजार लगायतका विभिन्न ठाउँबाट मदिरा र कच्च पदार्थ बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

नगरका विभिन्न गाउँ बस्ति र कटारी बजारबाट बराम गरेको मदिरा र कच्चा पदर्थ खोलामा नष्ट गरेको प्रहरीले जनाएको छ । दशैँ अगाडी पनि ठूलो परिणाममा प्रहरीले घरेलु मदिरा नष्ट गरेको थियो ।