Monday, May 4News That Matters

प्रेमिको कुरा काटेको निहुँमा युवतीमाथि कुटपिट, एक पक्राउ

पूर्णपुष्टि, साउन १ । सुनसरीको बाराहक्षेत्र–९ स्थित राजाबास सप्तकोशी किनारमा युवतीमाथि कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पाचँ युवतीको एक समुहले तीन जना युवतीमाथि निर्घात कुटपिट गरेको आरोपमा बराह क्षेत्र नगरपालिका–९ कि १९ वर्षकी कृति लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवतीलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । प्रेमीको विषयमा कुरा काटेको निहुँमा कुटपिट गरेको डीएसपी राईले बताए । अरु चार जना युवतीको खोजी भईरहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कृतिसहित ५ जनाको टोलीले अन्य तीन जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्तीले हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाई खानेहरु चिनजानकै साथि हुन् । घरेलु मदिरा सेवन गरेका ति युवतीको समुहले काम छ भन्दै कोशी किनारमा बोलाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।