Sunday, May 3News That Matters

प्रेस स्वतन्त्रता सेनानीको रुपमा उदयपुरका दुई पत्रकार सम्मानीत

पूर्णपुष्टि, २१ बैशाख ।
उदयपुरका अग्रज पत्रकार हरि कुमार राई र कुशलबाबु बस्नेतलाई प्रेस स्वतन्त्रता सेनानी पुरस्कारले सम्मानीत गरिएको छ । पत्रकार महासंघ कोशी प्रदेशका पूर्व सचिव तथा नागरिक आह्वानका संञ्चालक हरि कुमार राई र पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुशल बाबु बस्नेतलाई पे्रस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौँमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशनमा राई र बस्नेतलाई सम्मान गरिएको हो ।