
उदयपुर, पुस ११ गते ।
उदयपुरमा फरार प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–२ निबासी चन्द्रबहादुर सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत उदयपुरबाट २०६६ सालमा वन मुद्दाको कसुरमा दोषी ठहर गर्दै दुई महिना कैद सजाय फैसला सुनाएपनि फरार भएका ४२ वर्षीय सार्कीलाई शुक्रबार दिउँसो ३ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
