Tuesday, June 9News That Matters

फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, साउन ३ गते ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आर.आई.टी. समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको आर. आई. टी. समुहको प्रहरी टोलीले सोमवार दुई जनालाई पक्राउ गरेको हो । बहु– बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र रु.२० हजार जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका–७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले एक वर्ष दुई महिना तीन दिन कैद र १२ हजार जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका– १२ शुक्रबारेका २२ बर्षीय गणेश कुमार राम मोची रहेका छन् । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी कारागार चलान भएका छन् ।