
पुर्णपुष्टि, जेष्ठ ६
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रानीपुल स्थित नव निर्मित बेलिब्रिज बनाउने क्रममा एक कामदारको kmnfdn] lsr]/ मृत्यु भएको छ ।
बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिदा खेरी पुल लगाउन राखिएको फलामले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
