
पूर्णपुष्टि,चैत्र २२ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेको छ । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।
बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने र आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए ।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । उनी विरुद्ध ट्रम्पमाथि ३४ आरोप लागेका छन् ।
