Thursday, June 18News That Matters

बगाहमा उभौली साकेला भव्य

पूर्णपुष्टि,वैशाख २५ । निरन्तर एक महिना सम्म चल्ने उभौली पर्व (साकेला) उदयपुरमा किरात राई समुदायले उत्साहका साथ मनाईरहेको छ । किरात राई यायोख्खा त्रियुगा नगरपालिकाको आयोजनामा संञ्चालन हुँदै आएको साकेला सोमवार बगाहमा धुमधामका साथ मनाईयो । त्रियुगा गनरभरी रहेको १२ ओटा प्रारम्भी कार्यसमिति (प्रा.का.स) ले दैनिकी रुमा साकेला नाच्दै आएका छन् ।

गत वैशाखको २२ गते देखि उभौली पर्व सुरु भएपछि यति बेला देश बिदेशमा छरिएर बासोवास गर्ने किराँतीहरु साकेलमा व्यस्त देखिन्छ । त्रियुगा नगरपालिकामा भने शुक्रबार देखि बाबरीबाट साकेला नाचको प्रारम्भीक उद्घाट सँगै सुरु गरिएका थिए । त्यस पश्चात २३ गते चाप, २५ गते बगाह, २७ गते जोगिदह ३० गते मोतिगडा र बैशाखको अन्तिम ३१ गते भने बोक्सेको खसि बजारमा साकेला प्रदर्शन हुने भएको छ ।

यता जेष्ठको २ गते देखि जाल्पा चिलाउने हुँदै ४ गते बालुवाटार देउरी, ६ गते हडर, ९ गते साउने, ११ गते श्रीपुर र अन्तिम १३ गते त्रियुगा नगरपालिका ११ मा अवस्थित साकेला थानमा उभौली पर्वलाई भव्य मनाउँने भएको हो ।