Monday, April 20News That Matters

बगाहमा लैंगिक हिंसा विरुद्ध सचेतना अभियान

पूर्णपुष्टि,जेष्ठ १९ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.४, बगाहा स्थित लैंगिक हिंसा विरुद्ध वडा स्तरिय सचेता अभियान भएको छ। शुक्रवार मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरको आयोजनामा गरिएको सचेतना अभियानमा स्थानीय विद्यार्थी तथा महिलाहरु गरी ४९ जनाको सहभागितामा कार्यक्रम सम्प्न्न भएको हो । कार्यक्रमलाई महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय र त्रियुगा नगरपालिले सहयोग तथा सहकार्य गरेको छ ।

“लैङ्गिक,समानता, समावेसी र मानव अधिकारका लागि हुनै पर्छ” भन्ने मुल नाराका साथ हिंसालाई न्युनिकरण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरीएको आभास राष्ट्रिय अभियानको केन्द्रिय संयोजक नजवुल खान ९निलम०ले बताईन् । खानका अनुसार एकल महिला, निम्न स्तरका महिला र किशोर कीशोरीहरुलाई राज्यको मुलधारमा ल्याउन र राज्यको सेवा सुविधा स्वस्थ्य शिक्षा, रोजगारीको क्षेत्रमा लैंगिक समान्ता के हो भन्ने विषयमा सचेत गराउँनका लागि अभियान सुरु गरेका जनाईन् ।

खानले यस अभियान संञ्चालनले समाजिक समस्या, आत्मा हत्या, घरेलु हिंसा, सामुदायमा भेदभाव लगाएतका विषयमा हौसल्ला प्रदान गर्ने जनाईन् ।
अभियानलाई आभास अभियान्ता नजवुल खान, ललित साह, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरीक्षक गंगा राम राईले सहजिकरण गरेका थिए ।

त्रियुगा नगरपालिका १ जोगिदहबाट सुरु भएको अभियान वडा नम्बर ६ जलजलेका ताप्लेवासमा भोली समापन हृने छ भने भोली दमौति बुर्जाकाम्ला लगातका क्षेत्रहरुमा उक्त अभियान सञ्चालन हुने जनाईएको छ ।