Wednesday, April 22News That Matters

बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध

पूर्णपुष्टि, जेठ १७ ।
त्रियुगा नगरपालिका- १ रुपनीमा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ । बाउना सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा गिटि, वालुवा ढुंगा अबैंधरुपले उत्खनन गरिरहेको स्थानीयले बताएका छन् ।
पक्की सडक निर्माणका लागि भन्दै ठेकेदार चुरिया निर्माण सेवा कम्पनीले अबैंधरुपले उत्खनन् गरिरहेको स्थानीयको आरोप छ । डोजर र टिफर चलाएर उत्खनन् गरेका थिए । दुइवटा टिफरले ५० टिपबढी ओसारेका थिए ।
अबैधरुपले उत्खनन् थालेपछि स्थानीय र बन समुहले रोक लगाएको सामुदायिक वन अध्यक्ष चक्रबहादुर राउतले बताउनुभयो । विरोधपछि बन कर्मचारी र प्रहरीसमेत आएर रोक लगाएको तर, उत्खनन् गर्नेलाई कुनै कारवाही नचलाएको उहाँले बताउनुभयो ।
सरकारको मापदण्ड र नियम अनुरुप अनुगमन, निरिक्षण नै नगरी बन क्षेत्रमा उत्खनन् भइरहेको स्थानीयको भनाई छ । स्थानीय र सामुदायिक वन समुहले रोक्न खोजे पनि ठेकेदारले जबरजस्ती उत्खनन् गरिरहेको स्थानीयको भनाई छ ।
शव डिभिजन वन कार्यालय गाईघाटका कर्मचारी युवराज आचार्यका अनुसार अबैंधरुपले उत्खनन्को उजुरी आएपछि रोकिएको छ । वातावरणीय परिक्षण नगरी खनिएकोले उत्खनन रोकिएको हो । कारवाही हुने नहुने बारेभने उहाँको प्रष्ट जवाफ छैन ।