Tuesday, June 30News That Matters

बन्दको मौकाछोपी विमा रकमका लागि आफ्नै गाडीमा आगजानी

पूर्णपुष्टि, भदौ ७

बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफ्नै टिप्परमा आगजानी गरेको छ । मंगलबार विप्लव सहित ४ दलले गरेको वन्दको मौका छोपी आफ्नै गाडीमा आगजानी गरेको खुल्न आएको हो ।प्रहरीका अनुसार बिमा रकमको लोभमा परी दाङको घोराहीमा आफैंले चलाउँदै आएको टिप्परमा आगजनी गरेको पुष्टि भएको हो । घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।