Monday, June 29News That Matters

बबई नदीले बगाएर एक दम्पती बेपत्ता

पूर्णपुष्टि, असार २७

बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जीतबहादुर थारु र उनकी श्रीमती २६ वर्षीया राजकुमारी थारु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा नदीमा आएको बाढीले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ ।

ती दम्पतीलाई बाढीले बगाएको गोठालोले देखेर प्रहरीलाई खरबर गरेको जनाईएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको सहयोगमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।