
पूर्णपुष्टि, २५ असार ।
बरुवा खोलाले ढिम्की मन्दीरको बाँध कटान गर्दा गाईघाट बजार खतरामा परेको छ । लगतारको बर्षाले सोमवार रातिदेखी बरुवाको ढिम्कीमा कटान सुरु गरेका थिए । उक्त कटान रोक्न हाल सुरक्षा फोर्स खटाईएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित त्रियुगा नगरपालिकाका मेशिन सहित स्रोत साधन खटाईएको छ । ढिम्कीको बाँध फुट्दा सिधै बाढी बजार पस्ने अवस्था छ । त्यस आसपासको बस्तीहरु त जोखिममा नै छ तर बजार क्षेत्र पनि यसको डरमा छ । बरुवा खोलाले ढिम्की हुँदै बस्ती तर्फ कटान गरिरहेको छ ।


